सत्ता गठबन्धनमा रहेको माओवादी निकट भातृसंगठनहरूले नयाँ बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शन सुरु गरेका छन् ।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता संसदबाट अनुमोदन गराउने भएपछि सत्ता गठबन्धनमा रहेको दल माओवादी निकट वाइसिएल र अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेका हुन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।
माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
सरकारले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेपछि माओवादी केन्द्रको सो निर्णय आएको हो ।
सो प्रस्ताव पेस गरिने भएसँगै नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारमा सहभागी दल माओवादी केन्द्रसहित विभिन्न संघसंगठनले विरोध जनाइरहेका बेला सरकारले प्रस्ताव पेस गर्न लागेको हो ।