लकडाउनका बेला असाहय बर्गलाइ काठमाडौको खुल्ला मन्चमा निशुल्क खाना खुवाएर चर्चामा आएको हन्ड्रेड ग्रुप का सदस्यहरुले आज एमसीसी बिरुद्व मसाल जुलुस प्रदर्शन गरेका छन् ।
आम युवा, हन्ड्रेड ग्रुप तथा विभिन्न सामाजिक संस्थाहरूले महाराजगन्जमा एमसीसीको बिरोध गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा प्रहरीले एकजना प्रदर्शनकारीलाइ पक्राउ गरेको छ । उक्त समूहले भाद्र २३ गते पनि एमसीसीको विरोधमा माइतघरबाट नयाँ बानेश्वर सम्म प्रदर्शन गरेको थियो ।
आजै नेकपा एकिकृत समाजवादीले काठमाडौंको माइतीघर लगायत देशका विभिन्न स्थानहरूमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेप्टेम्बर २९ अर्थात् असोज १३ गते एमसीसी बोर्डलाई पठाएको पत्रमा चार/पाँच महिनाको समय थप गर्न माग गरेका थिए ।
अहिले अमेरिकी अधिकारीहरूले उक्त समय गुज्रिन आँटेको भन्दै फाल्गुन १६ भित्र जसरी पनि एमसीसी पास गर्न दबाब दिइरहेका छन् ।
हेरौं मसाल जुलुसका तस्बिरहरू