नेकपा एकीकृत समाजवादीका जनबर्गिय सङ्गठनहरूले आज काठमाडौँको माइतीघरमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरू ‘गो ब्याक एमसीसी, नो नीड एमसीसी’ , ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ !’, ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’, ‘आन्तरिक मामिलामाथिको हस्तक्षेप बन्द गर लगायतका नारा’ लेखेका प्लेकार्ड र ब्यानर बोकेका थिए ।
अमेरिकाले नेपाललाई फेब्रुअरी २६ भित्र जसरी पनि एमसीसी पास गर्न दबाब दिएको छ ।
प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेर बहादुर देउवा सुरुदेखि नै एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने माओवादी केन्द्र र नेकपा समाजवादी संशोधनविना एमसीसी पास नगर्ने पक्षमा छन् ।
चुनाव नजिकै आएको हुँदा एमसीसी पास गर्ने हो भने चुनावमा कम सिट आउने हुँदा माओवादी अध्यक्ष प्रचण्डले चुनावपछि एमसीसीको छिनोफानो टुङ्गाउने पर्ने बताउँदै आएका छन् ।
एमसीसीको कारण अहिले भएको पाँच दलको गठबन्धन टुट्ने आङ्कलन पनि राजनैतिक वृत्तमा हुन थालेको छ ।
हेरौँ प्रदर्शनका तस्बिरहरू