लता मंगेशकरले अहिलेसम्म करिब ३६ हजार भन्दा बढी गीतमा आफ्नो आवाज दिइसकेकी छिन् । जबकी उनको करियर १३ बर्षको उमेरदेखि सुरु भयो । उनको बुबाको निधनपछि आमा र ४ भाइ बहिनीहरूलाई सम्हाल्ने जिम्मा उनैको थियो ।
आफ्नो परिवार पाल्न उनले फिल्ममा काम गर्न थालिन् । तर त्यो सजावट, मेकअप, क्यामरा र लाईटले उनलाई खिच्न सकेन । घर आएर बेस्सरी रुन्थिन् ।
गीत गाउनकै लागि जन्मिएकी लताले बलिउडमा कैयौं गीत गाइन् । कैयौं पुरस्कार र सम्मान पाइन् । उनले तीनओटा नेपाली गीत समेत गाएको छिन् । अहिले उनको निधनले पुरै देशका साथै संगितप्रेमीहरू शोकमा डुबेका छन् ।
लतालाई स्लो पोइजन
सन् १९६१ मा जब लता ३२ बर्षकी थिइन्, तब उनलाई स्लो पोइजन दिइयो । यो कुराको खुलासा लताको एकदमै नजिकका साथी सचदेवले आफ्नो पुस्तक ‘ऐसा कहाँ से लाऊं’ मा गरेका हुन् । त्यसपछि लेखक मजरुह सुल्तानपुरी केहि दिनसम्म उनको घरमा आएर पहिला आफै खाना चाख्ने र त्यसपछि मात्र लतालाई दिने गर्थे । तर, उनलाई स्लो पोइजन कसले दिएको थियो, किन मार्ने प्रयास गरेका थिए ? यो रहस्यको अहिलेसम्म कुनै खुलासा भएको छैन ।
धनाढ्यकी छोरी
लताका पिता दीननाथ मंगेशकर मराठी थिएटरका चर्चित नाम थिए । गोवामा आँप र काजुको बगानका साथै उनले २ लाख भारुमा एउटा पहाड पनि खरिद गरेका थिए । उनको इच्छा त के थियो भने, पोर्तुगालीबाट पुरै गोवा खरिद गर्ने । तर, समयले कोल्टे फेर्न नपाई दीननाथ रक्सीको लतमा फसे । यहि कारण उनीहरु आर्थिक रुपमा टाट पल्टिदै गए । अन्तत: लताले सानै उमेरमा काम गर्नुपर्ने अवस्था आइलाग्यो ।
मधुबालाकी प्लेब्याक सिंगर
मधुबाला मान्थिन्, लताको आवाज आफुमा खुब फिट हुन्छ । त्यसैले उनी आफुले अभिनय गर्ने हरेक फिल्ममा साइन गर्नुअघि सर्त राख्थिन् कि, आफ्ना लागि लताले नै प्लेब्याक गर्नुपर्छ । यद्यपी लता चाहि उनको आवाज सायरा बानोमा फिट हुने ठान्थिन् ।
लताको फिल्मी यात्रा
लताले करिब १० फिल्ममा अभिनय समेत गरेकी छिन् । त्यसमा बडी माँ, जीवन यात्रा, मन्दिर जस्ता फिल्महरु रहेका छन् ।
किस्सा–६
लताले फिल्ममा आनंदघन नामबाट संगीत समेत दिएकी छिन् ।
नपढेपनि विद्यावारिधि
लताले बाल्यकालमा पढ्न पाइनन् । यद्यपी विश्वको ६ ठूला विश्वविद्यालयले उनलाई बिद्यावारिधिको सम्मान दिएका छन् ।
हवाइजहाज चढ्न डर
लतालाई हवाई जहाजको यात्रामा निकै डर लाग्छ । जब फ्रान्स सरकारले उनलाई ‘प्रेस्टिजियस अवार्ड’बाट सम्मान गर्यो, तब लताले मुम्बईमा आएको यो एवार्ड दिनुको कारण खुलासा गरेकी थिइन् ।
आवाज बनाउन खुर्सानी
आफ्नो आवाजलाई मीठो र सुरिलो बनाउनका लागि लताले दैनिक खुर्सानी सेवन गर्छिन् । त्यसमा पनि तिख्खर पिरो कोल्हापुरी खुर्सानी ।