मोरङका एक दम्पती आफ्नी जेठी छोरीको विवाह गर्नकै लागि नयाँ सन्तानको चाहमा जुटे । दुवै उमेरले अर्धशतक हान्न लागेका थिए । उनीहरूको रहरले वा लापरबाहीले नभएर बाध्यताले गर्भ बस्यो । हो, गर्भमा रहेको भ्रूणको पहिचान गर्नु अपराध हो, पाप हो । तर विवशता भनौँ या अरू केही उनीहरूले अस्पताल आएर भ्रूणको पहिचान गरे । यदि, गर्भमा छोरी रहिछ भने गर्भपतन उनीहरूले गर्नेमा कुनै आशङ्का थिएन ।
तर अनेकौँ ठाउँमा गरेको भाकलले काम गरेछ । गर्भमा छोरा नै भए पनि दुवै गमक्क त बने । तथापि, उमेर ढल्कँदो भएका कारण ती महिलालाई जोखिम उत्तिकै थियो । तर आफ्नी तीन छोरीहरूको विवाह निश्चित गराउनकै लागि जोखिम मोल्ने निर्णय लिइसकेका कारण त्यो दम्पती ‘एनि हाउ, छोरी जन्माऊ’को निधोमा लागेको थियो ।
‘माइती नै नभएकी’ भन्दै समाजले उनीहरूका ती तीन छोरी नबिक्ने ठहर गरिसकेको थियो । जेठी छोरी विवाह गर्ने उमेरकी भएकी थिइन् । अरू दुई दिदीबहिनी पनि लगनगाँठोमा कसिने उमेर नजिकै पुग्दै थिए । यसकै मौका छोपेर समाजले ती महिलालाई छोरा नभएको भनेर अनेक टिप्पणी गर्थ्यो ।
छोरालाई ‘कुल’ र छोरालाई ‘फूल’ सम्झिने हाम्रो समाजले वर्षौँदेखि एउटा रटान मारेको छ, ‘महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन्’ भनेर । त्यो हाम्रो समाजको रटानमात्र हो, व्यवहारमा भने पुरुषलाई सर्वोपरि मान्छ ।
हुन त विवाहको सुरुआततिरैबाछ ती दम्पतीले छोराको चाह गरेकै हुन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रो सन्तानका रूपमा छोरा जन्मियोस् भनेर धेरै ठाउँको भाकल राखे, कति ठाउँ पूजा गर्न पुगे । दोस्रो सन्तानका रूपमा पनि छोरी जन्मिएपछि पनि छोरा पाउने चाह कम भएन ।
हुन त उनीहरूले सुनेका थिए, दुई सन्तान ईश्वरको बरदान भनेर । तर वास्तवमा उनीहरूलाई ईश्वरको बरदानको रूपमा छोरा चाहिएको थियो । अनेकौँ भाकल र पूजाबाट पनि ईश्वरले उनीहरूको अपेक्षाअनुरूपको बरदान दिएका थिएनन् । तेस्रो सन्तान पनि छोरी नै भएपछि भने उनीहरूले छोरा पाउने आस मारे ।
छोरालाई ‘कुल’ र छोरालाई ‘फूल’ सम्झिने हाम्रो समाजले वर्षौँदेखि एउटा रटान मारेको छ, ‘महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन्’ भनेर । त्यो हाम्रो समाजको रटानमात्र हो, व्यवहारमा भने पुरुषलाई सर्वोपरि मान्छ ।
लामो समयको ‘ग्याप’ आफ्नी तीन छोरी हुर्काउन र शिक्षा–दीक्षामा बिताए । तर छोरी हुर्केपछि भने उनीहरूलाई पटक–पटक समाजले छोरा नभएका कारण ती छोरीहरू नबिक्ने भनेर घोचिरह्यो । छोरा जन्माउनकै लागि निरन्तर दबाब दिइरह्यो । यसैले त उनीहरूले उमेरले अर्धशतक हान्न थालेपछि पुनः नयाँ सन्तानको अभिभावक बन्ने चाह राखे र अन्ततः छोरै जन्माए ।
यो एउटा प्रतिनिधिमूलक घटना हो, हाम्रो सुन्दर शिक्षित समाजको कुरूप व्यवहारको । छोरा नभएकै कारण एउटा महिला अनेकौँ प्रकारबाट हिंसा सहनु परेको छ । समाजले नै त्यस्ता हिंसा सिर्जना गरिरहेको छ ।
छोरालाई ‘कुल’ र छोरालाई ‘फूल’ सम्झिने हाम्रो समाजले वर्षौँदेखि एउटा रटान मारेको छ, ‘महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन्’ भनेर । त्यो हाम्रो समाजको रटानमात्र हो, व्यवहारमा भने पुरुषलाई सर्वोपरि मान्छ ।
त्यसैको उदाहरणका रूपमा लिन सकिन्छ, आफ्नो दसौँ सन्तानका रूपमा छोरी जन्माएपछि प्राण त्याग गरेकी गगौरा छन्त्याललाई । हुम्लाको अदानचुली गाउँपालिका–५ गाउँकी ३३ वर्षकी गौगोराले छोराको चाहमा दसौँ सन्तान जन्माउने निधो गरेकी थिइन् । तर दसौँ सन्तानका रूपमा छोरी जन्मिएको देख्नासाथ उनले प्राण त्याग गरिन् । छोरा पाउने आशा मारेकी गौगोरालाई छोरा पाउन निरन्तर दबाब दिएको समाजले उनको हत्या ग¥यो ।
यसअघि कुनै बिरामी नभएकी छन्त्यालले छोरा नजन्माएको भनेर मानसिक तनाव खेप्दै आएको थिइन् । उनले छोरा पाउनै पर्ने बाध्यता थियो । छोरा नजन्माएकोमा उनका परिवार, आफन्त छिमेकी तथा समाजबाट अपहेलित हुनुपरेको थियो । उनले दसौँ सन्तानको रूपमा पनि छोरी जन्माएपछि समाज, परिवार र आफन्तको डरले ज्यान गुमाइन् । उनको हत्यारा परिवार, आफन्त र समाजको साथसाथै वर्षौँदेखि चलिआएको छोरा र छोरीबिचको विभेद हो । सामाजिक अव्यवस्थाले निम्त्याएका यो मृत्यु हत्याभन्दा बर्बर छन् ।
यी प्रतिनिधिमूलक दुई घटना हुन्, यस्ता घटना शिक्षित भनौदो वर्तमान समाजमा थुप्रै छन् । छोरा जन्माउनकै लागि कयौँ छोरीहरू गर्भमै तुहिएका उदाहरणहरू छन् । छोरी जन्मिएपछि समाजको डरले नालीमा फ्यालिएकी बालिका पनि छन् । अनि छोरा नजन्माएका कारण पतिले अर्को विवाह गरेपछि मानसिक रूपमा तनाव खेप्दै आएकी नारीहरू पनि उत्तिकै छन् ।
२१औँ शताब्दीमा पनि कुल धान्ने, वंश धान्ने, काज किरिया गर्नका लागि छोरा चाहनेहरूको सङ्ख्या धेरै छ । आफूलाई शिक्षित, सभ्य, सम्भ्रान्त भन्न रुचाउनेहरू समेतमा यस किसिमको मानसिकता पाइन्छ । महिलावादीहरूले लैङ्गिक विभेदविरुद्ध जतिसुकै चर्को आवाज उठाए पनि व्यवहारिक रूपमा ‘छोरा नै चाहिने मानसिकता’ हराएको छैन । छोराको प्रतीक्षा गर्दागर्दै धेरै सन्तान जन्माउने, छोरी जन्माएको निहुँमा हेला÷होचो गर्नेदेखि कन्या भ्रूण हत्या गर्जनेसम्मको कृत्यहरू भित्र–भित्रै जारी नै छ ।
यसैले पनि नेपालमा प्रत्येक वर्ष छोरी जन्मिने अनुपात घट्न थालेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार एक सय २१ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । सबैभन्दा धेरै प्रसूति सेवा दिने थापाथलीस्थित प्रसूति गृहको तथ्याङ्कमा पनि ५४ प्रतिशत छोरा र ४६ प्रतिशत मात्रै छोरी जन्मिएका छन् ।
यी र यस्ता तथ्याङ्कहरूले समाजमा छोरै चाहनेहरूको जमात ठुलो छ भनेर देखाउँछ । हाम्रो समाजमा छोरा जन्माएमा बुढ्यौलीमा आमाबुवाको सहारा बन्ने, मरेपछि काज किरिया गर्ने तर छोरीले दिएको दागबत्ती, किरिया र पिण्ड नचल्ने साथै छोरीलाई पराईको दृष्टिकोणले हेर्नेजस्ता प्रवृत्तिहरू अझै विद्यमान छन् । अनि, कसैको घरमा छोरी मात्रै छन् भने यसको त छोरा छैन वंश वृद्धि कसले गर्छ ? भनेर जिब्रो टोक्ने र हेप्ने आफन्त र छिमेकीहरूले यस्ता घटनाहरूमा बढी प्रश्रय दिएको पाइन्छ ।
पहिले–पहिले ग्रामीण भेगतिर जहाँ, स्वास्थ्य संस्था हुन्थेनन् । सामान्य रोग लाग्दासमेत उपचार नपाएर बालबालिका मर्थे । सोही समय र भूगोलमा मान्छेहरूले अथाह सन्तान पाउँथे । किनकि, रोग–ब्याधले एउटा मरे अर्को बाँच्छ भन्ने मनसायका साथ दम्पतीसँग थुप्रै सन्तान हुन्थे । अहिले पनि ती ग्रामीण भेगमा स्वास्थ्य संस्था पुगेको छ । शिक्षालयसँगै चेतना पनि पुगेको छ । स्वास्थ्य सामग्रीको पहुँचमा छन् मान्छे ।
अहिले शिक्षित समाजमा पहिलो सन्तान छोरा भएमा दोस्रो सन्तानको त्यति चाहना देखिँदैन । एउटै सन्तान काफी छ भने तर्किन्छन् दम्पती । तर पहिलो सन्तान छोरी भए परिवारका सदस्य, छिमेकी, आफन्तबाट ‘एउटा छोरा त चाहियो नि !’ भन्ने उपदेश आउन थालिहाल्छ । मानौँ, अर्को बच्चा नपाउन्जेल उनीहरूलाई निद लाग्नेछैन । अनि स्वयम् दम्पती पनि दोस्रो सन्तानकै रूपमा भएपछि छोराको चाह राख्न थाल्छन् ।
हो, एउटी महिलाले आफ्नी छोरी हुँदाहुँदै पनि छोराको चाहना राख्नु भनेको पितृसत्तात्मक सोचलाई अघि बढाउनु नै हो । तर अपवाद स्वरूप कतिपय आमाले आफूले भोगेका पीडा आफ्नी छोरीले भोग्न नपरोस् भनेर पनि छोराको चाहना राखेका हुन्छन् ।