खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशैभरका मह उद्योग निगरानीमा राखेको छ । बजारमा बिक्री भइरहेको महको गुणस्तर परीक्षण विभागले सुरु गरेको छ ।
मिसावट भएका मह बजारमा बिक्री वितरण हुन थालेपछि विभागले आइतबार मातहतका सबै कार्यालयहरुलाई परित्रप जारी गर्दै अनुगमन र गुणस्तर परीक्षण गर्न निर्देशन दिएको हो ।
बजारमा बिक्री भइरहेका सबै प्रकारका मह परीक्षण गरेर १० दिनभित्रमा विभागमा प्रतिवेदन पठाउन मातहतका कार्यालयहरुलाई निर्देशन गरिएको प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।
असली मह भन्दै गुणस्तरहीन मह उत्पादन गर्ने पक्राउ
असली मह भनेर गुणस्तरहीन महको उत्पादन र बिक्री गर्ने एकजनालाई राजधानीबाट...
शुक्रवार, माघ ७ २०७८महको लेवलमा अनिवार्य अनुज्ञापत्र नम्बर (DFTOC No.) समेत खुलाई बिक्रिवितरण गर्नुपर्ने प्रावधान भएकोले अनुज्ञापत्र नम्बर उल्लेख नभएका महरू खरिद तथा उपभोग नगर्ने आम उपभोक्ताहरूमा खाद्य प्रविधिक तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको छ ।