केहीदिन अगाडि निधन भएका पत्रकार लाल बहादुर बि.क. (एलबि विश्वकर्मा) को निधनको विषयमा निजामति कर्मचारी अस्पताल ले छानविन समिति गठन गरेको छ ।
इमरजेन्सी विभागका प्रा.डा दिनेश कुमार लम्सालको नेतृत्वमा ४ सदस्यीय छानविन समिति गठन गरिएको छ । तीन दिन भित्र प्रतिवेदन पेश गर्ने गरी गठन गरिएको छानविन समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टरका इन्चार्ज भेष बहादुर बस्नेत छन् ।
माघ ५ गते उपचारको लागि सिभिल अस्पतालको इमरजेन्सी विभागमा पुगेका पत्रकारको उपचारमा केही रकम अभाव भएपछि उनलाई अन्यत्र रिफर गर्दा मृत्यु भएको बताइएको छ ।
पत्रकार विश्वकर्माको निधनबारे छानविन गर्न प्रेस काउन्सिलको माग
प्रेस काउन्सिल नेपालले पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले...
शुक्रवार, माघ ७ २०७८टिभि टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको बिहीवार पाटन अस्पतालमा निधन भएको थियो । उपचारका लागि निजामति कर्मचारी अस्पताल पुगेका विश्वकर्मालाई थोरै पैसा अपुग भएका कारण सो अस्पतालले भर्ना नगरी पाटन अस्पताल रिफर गरेको भन्दै आफन्तजनले उनको निधनको दोष निजामती कर्मचारी अस्पताललाई दिए छन् ।
अस्पतालको लापरवाहिले मृत्यु भएको भन्दै छानविन समिति गठन गर्न प्रेस काउन्सिल नेपाल र श्रमजीवी पत्रकार संघले दवाव दिएका थिए ।