भारतमा कोभिड सङ्क्रमण तीव्र फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या बढेको हो । औषतमा दैनिक ३५ हजारसम्म नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो साता कोभिड सङ्क्रमितको संख्या २२ प्रतिशतले बढेको छ ।
भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन् ।
त्यस्तै, नयाँ भेरियन्टबाट सङ्क्रमित हुने पनि बढेका छन् । भारतमा अहिलेसम्म एक हजार ७०० भन्दा बढीमा नयाँ भेरियन्ट देखिएको छ । तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात ५१० जनामा सङ्क्रमित देखिएको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यसैबीच, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पनि कोभिड पोजेटिभ देखिएको छ । उनमा मझौला लक्षण देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा रहेका छन् ।