नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजयी गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीकै अर्का उम्मेदवार मिनेन्द्र रिजालले बधाई दिएका छन् ।
आफू पराजित भए पनि उनले मतगणनाको अन्तिम परिणाम आएसँगै सार्वजनिक सञ्जालमार्फत सफल कार्यकालको शुभकामना दिएका हुन् ।
यसअघि उनले रक्षामन्त्रीबाट पनि राजीनामाको घोषणा गरिसकेका छन् ।
महाधिवेशनमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा. रामशरण महत, प्रदीप पौडेल र राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार गगन कुमार थापा ३ हजार २३ र विश्वप्रकाश शर्माले १ हजार ९८४ मत ल्याएर विजयी भएका हुन् भने अन्य उम्मेदवारहरूमा प्रकाश शरण महतले १ हजार ५५६, प्रदिप पौडेलले १ हजार ३९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएका हुन् ।