नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि आज भएको उम्मेदवारी शुल्क बापत नेपाली कांग्रेसले ६० लाख शुल्क उठाएको छ ।
सभापति र पदाधिकारीसहित १३४ पदको लागि ५४८ जना उम्मेदवारीले आज ५९ लाख ९५ हजार रुपैँया बुझाएका हुन् ।
सबैभन्दा बढी १२१ केन्द्रीय सदस्यहरूको लागि ५०९ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्यमा उठ्नको लागि १० हजार शुल्क तिर्नुपर्छ उनीहरूबाट ५० लाख ९० हजार रुपैँया उठेको हो ।
त्यस्तैगरी ६ सभापतिका उम्मेदवारबाट प्रति उम्मेदवार ३० हजार रुपैँयाका दरले १ लाख ८० हजार, उपसभापति र महामन्त्रीको लागि २५ हजारका दरले ३ लाख २५ हजार उठेको छ । उपसभापतिको लागि ७ र महामन्त्रीको लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सहमहामन्त्रीको लागि २० जना उम्मेदवारी दिँदा प्रतिउम्मेदवार रु २० हजारको दरले ४ लाख रुपैँया उठेको हो ।