झापाको दमक नगरपालिकाबाट ६ जुवाडेलाई प्रहरीले तास र नगदसहित पक्राउ गरेको छ । दमक–२ का मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा उनीसहित ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पक्राउ पर्नेमा तामाङसहित दमक–२ कै ३८ वर्षीय पूर्णप्रसाद शिवाकोटी, ३० वर्षीय विनोद श्रेष्ठ, ३७ वर्षीय दिलबहादुर श्रेष्ठ, दमक–३ का ३४ वर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका–६ का ४१ वर्षीय दुर्गाबहादुर राई रहेका छन् ।
आइतबार अपराह्न ४ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ३ बुङ तास र नगद एक लाख २० हजार ५०० सहित पक्राउ गरेको हो ।
पक्राउ परेका ६ जना उपर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।