सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ पछिल्लो समय सेलिब्रेटीहरु ट्रोलमा पर्नु सामान्य भएको छ। उनीहरुले पोष्ट गर्ने हरेक चिजलाई सामाजिक सञ्जाल प्रयोगर्कताहरुले मिहिन ढंगले नियाल्ने हुँदा उनीहरु ट्रोलमा पर्ने गरेका छन्।
यसैबीच बलिउड अभिनेत्री आलिया भट्ट ट्रोलमा परेकी छन्। उनी पहिरनका कारण ट्रोलमा परेकी हुन्। आलियाले एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छन्।
उक्त तस्बिरमा उनको ब्लाउजलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल गरेका हुन्। उनीहरुले आलियालाई किन उल्टो ब्लाउज पहिरिएको भन्दै ट्रोल गरेका छन्।
शनिबार राती, आलिया भट्ट अनुष्का रञ्जन र आदित्य सिलको विवाह समारोहमा सहभागी भएकी थिइन्। उक्त विवाह समारोहमा उनले लगाएको लुगालाई लिएर ट्रोल सुरु भएको हो ।
विवाह अगाडिको संगीत समारोहमा सहभागी हुँदा आलियाले हरियो र गुलाबी रंगको लेहेंगा लगाएकी थिइन्। ब्लाउजकोउनको बोल्ड छनोटको बारेमा चाँडै सोशल मिडियामा धेरैले चर्चा गरेका छन् । केही उनलाई उल्टो ब्लाउज लगाएको भन्दै प्रतिक्रिया समेत दिएका छन् ।
उक्त समारोहमा रविना टन्डन, वाणी कपूर, जान्हवी कपूर, क्रिस्टल डिसुजा र अन्य धेरैजनाहरू थिए। सुजैन खान, भूमि पेडनेकर, अली गोनी पनि कार्यक्रममा सहभागी भएका थिए ।
सामाजिक सञ्जालमा आलियालाई अश्लीलता फैलाएको आरोपसमेत लगाएका छन्। ‘आजकल जति अश्लीलता देखाउ, त्यही फेशन बनिहाल्छ,’ एक जनाले कमेन्टमा लेखेका छन्।