नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही कात्तिक २७ गते काठमाडौँमा घोषणासभा गर्ने भएको छ ।
संस्थापक केन्द्रीय तदर्थ समिति र केन्द्रीय पदाधिकारीको नाम सार्वजनिक गरिने उक्त सभामा सङ्गठनलाई व्यवस्थित तथा थप व्यावसायिक बनाउन आवश्यक छलफल गरी रणनीति तय गरिने सङ्गठनका नेता विश्वमणि सुवेदीले जानकारी दिए।
सङ्गठनले हालै जिम्मेवारी प्रदान गरेका प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सचिवले सम्बन्धित प्रदेशस्थित सङ्गठनको केन्द्रीय संस्थापकसहित तोकिएका नेताले जिल्ला संयोजकको नाम टुङ्गो लगाइ केन्द्रीय कार्यालयलाई नाम पठाउनुपर्ने छ । सोही प्रकारको संरचनाबाट चाँडो प्रदेश कमिटीलाई पूर्णता दिइने छ ।
त्यसैगरी राष्ट्रिय भेला आगामी पुस ५ गते गरिने भएको छ । काठमाडौँ उपत्यका बाहिर गरिने सो भेला मकवानपुर तथा चितवनमा गर्न प्रस्तावित गरिएकाले स्थान भने निश्चित भइसकेको छैन ।
सङ्गठनले हालै जिम्मेवारी प्रदान गरेका प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सचिवहरूको नामावली
प्रदेश १
१ इञ्चार्ज तीर्थराज सिग्देल, झापा
२ सहइञ्चार्ज रत्नप्रसाद आचार्य, सुनसरी
३ सहइञ्चार्ज बुद्धवीर बाहिङ राई, सोलुखुम्बु
४ सहइञ्चार्ज शिव ढुंगाना, ओखलढुंगा
५ संयोजक बन्धु पोखरेल, मोरङ
६ सचिव भोला प्रधान श्रेष्ठ, सुनसरी
प्रदेश २
१ इञ्चार्ज प्रकाश खतिवडा, सप्तरी
२ संयोजक बृजलाल पासवान, पर्सा
बागमती प्रदेश
१ इञ्चार्ज नवराज छत्कुली, धादिङ
२ सहइञ्चार्ज राजन दाहाल, मकवानपुर
३ सहइञ्चार्ज मधुकर लुइँटेल, काठमाडौं
४ संयोजक ध्रुव रायमाझी, काभ्रे
५ सहसंयोजक मोहन रिजाल, दोलखा
६ सचिव भोलाराज पौडेल, नुवाकोट
गण्डकी प्रदेश
१ इञ्चार्ज श्रीराम सिग्देल, कास्की
२ संयोजक गणेश पौडेल, पर्वत
३ सहसंयोजक कृपा भण्डारी, कास्की
४ सहसंयोजक खगेन्द्र पराजुली, नवलपुर
लुम्बिनी प्रदेश
१ इञ्चार्ज विकास बञ्जाडे, कपिलबस्तु
२ संयोजक शिवलाल सुवेदी, गुल्मी
३ सचिव विजयसिंह भारती, प्यूठान
कर्णाली प्रदेश
१ इञ्चार्ज दुर्गा थापा, सुर्खेत
२ संयोजक यज्ञराज थापा, दैलेख
सुदूरपश्चिम प्रदेश
१ इञ्चार्ज राजेन्द्र कुँवर, अछाम
२ सहइञ्चार्ज मीन ठकुरी, कैलाली
३ सहइञ्चार्ज हरि जोशी, कैलाली
४ संयोजक नरेन्द्र भट्ट, बैतडी
उपत्यका प्रदेश
१ इञ्चार्ज शन्तराम बिडारी, काठमाडौं
२ सहइञ्चार्ज टिबी विरही, काठमाडौं
३ संयोजक सविन शर्मा, ललितपुर
४ सचिव आशिष गुरागाईं, काठमाडौं
प्रतिष्ठान प्रदेश
१ इञ्चार्ज नरेश न्यौपाने
२ संयोजक रामकुमार शाही
३ सहसंयोजक देवीप्रसाद सापकोटा
४ सचिव धनवीर दाहाल
एसोसिएट्स प्रदेश
१ इञ्चार्ज तेजप्रसाद वाग्ले
२ सहइञ्चार्ज निर्मल अधिकारी
३ संयोजक नारायण पौडेल
४ सचिव अफरोज मन्सुर