इस्लामावाद । जमैत उलेमा इस्लामका सांसद्समेत रहेका महासचिव मौलना अब्दुल गफूर हैदेरीले पाकिस्तानी सेनाले बलुचिस्तानका मुख्यमन्त्री जाम कमल खान अलयानीको कुर्सी जोगाउन नसकेको आरोप लगाएका छन्।
मुख्यमन्त्री अलयानीले पदबाट राजीनामा दिइसकेको र यसअघि मुख्यमन्त्रीको समर्थनमा रहेका पाकिस्तानी सेना असफल भएको हैदरीको आरोप छ। मुख्यमन्त्रीलाई निकै ठूलो समर्थन रहेको देखिएको भए पनि अन्तिममा सफल हुन सकेन्न, उनले भने।
बलुचिस्तानको सरकार निमार्ण र सरकार परिवर्तनमा पाकिस्तानी सेनाको हात हुने भन्ने आरोप लागिरहेको समयमो हैदरीले यस्तो टिप्पणी गरेका हन्। मुख्यमन्त्री अलयानीले विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था नभएपछि पदबाट राजीनामा दिएका हुन्।
बलुचिस्तान अवामी पार्टीका नेता अलयानीविरुद्ध उनकै पार्टीका नेताहरुले पनि अविश्वासको प्रस्ताव टेबल गर्ने चेतावनी दिएका थिए। मुख्यमन्त्री अलयानीले आफूहरुलाई विश्वासको वातावरण बनाइदिन आग्रह गरेको उल्लेख गर्दै आफूहरुले पाकिस्तानी डेमोक्रटिक मुभमेन्टको गठबन्धनमा रहेको दलहरुको निर्णयलाई उल्लंघन गर्न नसक्ने जवाफ दिएको बताएका छन्।