नायिका प्रियंका कार्कीको हातमा चलचित्र नभएपनि उनको चर्चा भने कम भएको छैन । केही बर्षदेखि चलचित्रमा क्रेज कम भएपनि प्रियंका प्रेम र बिहेका कारण सधै चर्चामा रहिन् । उनै, कार्की अहिले छोरीलाई जन्मदिए पनि एकाएक चर्चामा आएकी छिन् ।
नायिका कार्कीले सामाजिक संजालमा ‘छोरी’को तस्वीर पोष्ट गर्दै खुशी व्यक्त गरेकी छिन् । उनका निकट केही आफन्त र आफ्नो सन्तानसँग रमाइरहेको फोटो उनी शेयर गरिरहन्छिन् ।
दुई बर्ष अगाडि नायक आयुष्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिएकी प्रियंकाले गतबर्ष आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् ।