मलाई दसैँ मन पर्छ ।
दसैँ आउँदैछ भन्ने बित्तिकै कताकता रमाइलो लाग्छ ।
यसपालि त फूलपातिको दिनदेखि हाम्रो फिल्म ‘डाडाँको बरपीपल’ रिलिज भएको छ ।
त्यसैले यो दसैँ दर्शकमाझ मनाउने योजना छ ।
कोरोनाका कारण यत्तिका समय हल बन्द थिए ।
‘डाँडाको बरपीपल’ बाट फिल्म प्रदर्शन सुुरु भएको छ ।
दसैँको यो माहौलमा फिल्मप्रेमी सबैलाई हलमै गएर फिल्म हेरिदिनुहुन अनुरोध गर्दछु ।