भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहिबार बिहान भयानक सवारी दुर्घटना भएको छ । देवा इलाकामा बबुरी गाउँनजिकै एक पर्यटक बस र ट्रक एकआपसमा बेजोडसित ठोक्किएका छन् ।
दुर्घटनामा ९ यात्रीको घटनास्थलमा नै मृत्यु भयो । अन्य २७ जना घाइते छन् । यीमध्ये थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०-७० यात्रु सवार थिए । सडकमा अचानक आएको गाईलाई जोगाउन खोज्दा ट्रक र बस ठोक्किएको जनाएका छन् । गाई भने जोगिएको छ ।
यी दुई गाडी बेजोडसँग ठोक्किएकाका कारण दुबैको अगाडिको भाग ध्वस्त भएका छन् । बसमा थुप्रै यात्रुको शव र यात्री गाडीभित्र नराम्रोसँग च्यापिएका थिए ।