आज कात्तिक ७ अर्थात् गायक हिमाल सागरले आफ्नो जन्मदिन मनाउँदै छन् । झापाको बनियानी घर भएका हिमालले आज आइतबार आफ्नो ४१औं जन्मदिन मनाउँदैछन् ।
धेरै अगाडिबाट सांगीतिक क्षेत्रमा होमिएर आफ्ना गीत–संगीतबाट स्रोताको मन जितिसकेका गायक हिमालले पछिल्लो समय पनि संगीतको क्षेत्रमा उत्तिकै सक्रिय रहेका छन् ।
हिमाल हालै अमेरिकाबाट नेपाल फर्किएका हुन् । साङ्गीतिक कार्यक्रमका लागि अमेरिका रहेका उनी कोरोना महामारीका लामो समय उतै थुनिएका थिए ।
सन् २००३ मा ‘रिलेशन’ एल्बममार्फत् सांगीतिक क्षेत्रमा पाइला राखेका हिमालले थुप्रै अवार्डहरू जितिसकेका छन् ।
सन् २००६ मा एशियन म्युजिक अवार्ड हात पार्न सफल गायक हिमाल अहिले ‘मायाले मायाले’ बोलको गीतको तयारीमा छन् ।
सङ्घर्ष जीवनको अर्को नाम रहेको बताउने हिमाल आफू सङ्घर्षबाट कहिल्यै पछाडि नभाग्ने सुत्रमा रहेको बताउँछन् ।
‘मेरी–निशा’, ‘तीन ढिके फूली, ‘न मैले लेखेँ,’ लगायत चर्चित गीतका धनी गायक हिमाललाई केटिएम दैनिकको तर्फबाट पनि जन्मदिनको शुभकामना ।