काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय गरेको हो। यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार सकिँदैछ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा अब साउन २७ गतेसम्म निषेधाज्ञा कायम रहने छ