पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि सोमबार बेलुकी अमेरिकी प्रस्थान गरेकी छिन् ।
उनलाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बानिया र परिवारका केही सदस्यले बिदाई गरेका थिए ।
बिदाईका क्रममा सिसन र श्रृङ्खला केही समय भावुक समेत देखिएका थिए ।
श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।
केही समय अगाडि उनले आफू हावर्ड विश्वविद्यालयमा अध्ययनका लागि जान लागेको जानकारी दिएकी थिइन् ।
श्रृङ्खलाले आर्किटेक्चरमा स्नातक गरिसकेकी छिन् ।
‘मिस नेपाल’ भएसँगै श्रृङ्खला निरन्तर चर्चामा थिइन् ।
विशेषगरी, उनको सुन्दरता र बौद्धिकताको प्रशंसक विश्वभरका नेपाली छन् ।
श्रृङ्खला न्यूयोर्कमा आयोजना हुन लागेको ‘मिस नेपाल नर्थ अमेरिका’ नामक ब्यूटी पेजेन्टमा निर्णायकको रुपमा सहभागी हुने कार्यक्रम समेत रहेको छ ।
उनका प्रेमी सिसन उनी जानेबेलामा भाबुक भएका छन् । उनीहरुको प्रेम एयरपोर्टमा नै देखिएको थियो ।
सिसनले आफ्नी प्रेमिकालाई पाण्डु भनेर बोलाउने गरेका छन् ।
उनले इन्टाग्राम स्टोरीमा उनलाई पाण्डुराम भन्दै शुभकामना दिएका छन् ।