सन् १९९२ जुन १३ मा जन्मिएकी दिशा पटानी बलिउडमा स्थापित भइसकेकी छन् । उनले साउथ फिल्म र बलिउडमा काम गरेकी छन् । सन् २०१६ मा रिलिज फिल्म एम एस धोनीः द अन्टोल्ड स्टोरी उनको पहिलो बलिउड फिल्म हो ।
उनी सामाजिक सञ्जालमा शेयर गरेका हट तस्वीरका कारण पनि चर्चामा आइरहन्छिन् ।
फिल्ममा पनि दिशाले आफ्नो सुन्दरता प्रस्तुत गरेकी हुन्छिन् । आफ्नो फिटनेस र सेक्सी लूकका कारण उनले फ्यानको मन जितेकी छिन् ।
टाइगरसँगको प्रेमका कारण हरेकपल चर्चामा आउने दिसा फेरि एकाएक चर्चामा आएकी छिन् । अहिले भने उनीहरुको ब्रेकअपको खबर बाहिरिएको छ ।
हालै दिशा पटानी र अभिनेता टाइगर श्राफबीच ब्रेकअप भएको छ । भारतीय मिडियाहरुका अनुसार दिशा र टाइगर आधिकारिक रुपमा नै अलग अलग भएका छन् ।
उनिहरुको प्रेम सम्वन्ध फिल्म बागी’को की सुटिङको बेला भएको हो । दुवैबीच धेरै विषयमा असमझदारी बढ्दै गएपनि पछिल्लो तीन बर्ष सफल रिलेसनसिपमा रहेका दिशा र टाइगरले हालै दिशाको फिल्म भारतको प्रिमियरपछि आफ्नो सम्बन्धको अन्त्य गरेका हुन् ।
दिशा र टाइगर पछिल्लो पटक केही साता अघि रेस्टुरेन्टमा सँगै डिनर खान पुगेका थिए ।