वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८५० भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार देशभर १२ हजार ६३६ जनाको नमूना परीक्षण गर्दा भेटिएका २ हजार ५६८ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या ८५१ रहेको छ ।
आज काठमाडौं ५९४ जना भक्तपुरमा ९१ जना र ललितपुरमा १६६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
आज काठमाडौं र ललितपुर बाहेक अन्य जिल्लामा पनि ३ अंक (९९ भन्दा माथि) मा सङ्क्रमण पुष्टि भएको छ । आज झापामा २०७ जना मोरङमा १९२ जना, कास्कीमा २०४ जनामा सङ्क्रमण देखिएको छ ।
झापामा एक हप्ताको लागि निषेधाज्ञा जारी भएको छ भने १५ वटा स्थानीय तह रहेको उक्त जिल्लामा १० वटा स्थानीय तहहरु शिल भैसकेका छन् । पूर्वी नाका काँकडभिट्टाबाट विदेशी नागरिक आउनको लागि पूर्णतया रोक लगाइएको छ ।
निषेधाज्ञा जारी भएको लुम्बिनि प्रदेशको अर्घाखाँची जिल्लामा भने आज ७ जनामा मात्रै सङ्क्रमण देखिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।