अभिनेत्री शिल्पा शेट्टी तथा उनका पति राज कुन्द्रा पो र्नोग्राफी केसका कारण पछिल्लो समय एकदमै चर्चामा रहेका छन् ।
शिल्पाको पति राजलाई पो र्न फिल्म बनाएको तथा यसलाई बेचेको आरोपमा १४ दिनको न्यायिक हिरासतमा राखिएको छ ।
यसबीचमा शिल्पाले सामाजिक सञ्जालमा एकदमै धेरै गालि बेइज्जती सहनु परिरहेको छ ।
शिल्पालाई साथ दिन बलिउडका कुनै पनि कलाकार तयार छैनन् । शिल्पाले बलिउडमा ३० वर्ष बिताइसकेकी छिन् ।
उनको फ्यान फलोइङ् र साथीहरुको कमी पनि कहिले थिएन ।
पत्रकारहरु पनि उनको पछि पर्न कहिले छाडेका थिएन्न । सबैले उनलाई माया र सम्मान गर्थे तर जब उनी तनाबमा छिन् । कोहिपनि उनको साथमा छैनन् ।
भारतीय सञ्चारमाध्यमका अनुशार उनको निकै मिल्ने साथीहरुले पनि उनलाई फोन गरेका छैनन् । उनको सानो सानो बच्चाको अवस्थाको बारेमा सोधेका छैनन् । उनी अहिले आफ्नो सन्तान सम्हालेर बसेकी छिन् ।
बलिउड कर्मीहरु पो र्न केशमा आफु फस्न नचाहेको बताउँदै आएका छन् ।
उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गालिको बर्सा गरिरहेका छन् ।