कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको ज्यान गएपछि उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका २ को खैजनपुरलाई ‘सिल’ गरिएको छ।
गएको २५ दिनभित्र कोभिड संक्रमणबाट एकै परिवारका २ पुरुष र १ महिलाको ज्यान गएपछि आउँदा सातादिनका लागि खैजनपुर सिल गरिएको हो।
वडाले जिल्ला प्रहरी र प्रशासन कार्यालयको समन्वयमा वडाको बरगाछी टोल विकास संस्था, नमूना थारु टोल विकास, नयाँ बस्ती टोल विकास र बबिया टोल विकास संस्थाको सीमाभित्र आउजाउ ठप्प पार्ने गरी निशेधाज्ञा लागू गरेको हो। वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार महिना दिन नपुग्दै कोरोना संक्रमणले एकै परिवारका ३ जनाको ज्यान गएपछि थप क्षति हुन नदिन निषेधाज्ञा जारी गरिएको हो।