नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्।
आज ९ हजार २६३ पिसिआर परीक्षण गर्दा २ हजार २८० र ४ हजार २५६ एण्टिजेन परीक्षण गर्दा ८२६ जनामा सङ्क्रमण देखिएको हो ।
थप २३ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८५७ पुगेको छ । नेपालमा कूल सङ्क्रमितमध्ये १ दशमलव ४२ प्रतिशतले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना सङ्क्रमण मुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५४ हजार १७७ पुगेको छ । यो कूल सङ्क्रमितको ९४ दशमलव ०७ प्रतिशत हो ।
अहिले पनि ४ दशमलव ५१ प्रतिशत सङ्क्रमितहरू सक्रिय अवस्थामा रहेका छन् ।