साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । नेकपा एमालेको पार्टी कार्यालयमा आज खिर दिवस मनाइएको छ ।
खिर दिवसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन् । खिर खानको लागि एमालेका नेताहरू पार्टी कार्यालय पुगेका थिए ।
वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।
हेरौं तस्विरहरू