कैलाली । कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ नेपाल टेलिकमको कार्यालय नजिकैबाट सोहि ठाउँका २३ वर्षीया देवेन्द्र साउँदलाई प्रहरीले पक्राउ गरेको हो।
बिहिबार ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खएको सादा पोशाकको प्रहरी टोली , र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यलय अपराध अनुसन्धान समुहको टोलिले उनलाई खैरो हिरोइन ४ ग्राम ७२० मिलिग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनले प्रयोग गरेको बा.०२००२२ प ६४६१ नम्बरको मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय टीकापुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।