काठमाडौं उपत्यकामा आज ७७४ जनामा सङ्क्रमण देखिएको छ । सङ्ख्यात्मक हिसावले हिजोको तुलनामा आज भेटिएका सङ्क्रमतिको सङ्ख्या कम भएतापनि देशभर कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ ।
हिजो काठमाडौं उपत्यकामा ९९९ जनामा सङ्क्रमण देखिएको थियो ।
आज काठमाडौंमा ४७५ भक्तपुरमा १३२ र ललितपुरमा १६७ जनामा सङ्क्रमण देखिएको हो । केहीसमयअगाडि लगभग शून्यमा झरेको भक्तपुरको सङ्क्रमण दर पछिल्ला केही दिनहरूमा ३ अंक (९९ भन्दा बढी) मा देखिन थालेको छ ।
देशभर २८ हजार ८३६ सक्रिय कोरोना सङ्क्रमित हुँदा उपत्यकाका तीन जिल्लामा ८ हजार ३९ सक्रिय सङ्क्रमित रहेका छन् । मङ्गलबार अपरान्हसम्म काठमाडौंमा ५ हजार ८५६, भक्तपुरमा ९६६ र ललितपुरमा १ हजार २१७ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यीमध्ये कतिजना होम आइसोलेशनमा र कति अस्पतालमा छन् भन्ने तथ्याङ्क भने उपलव्ध छैन ।