अभिनेत्री कंगना रनावतले दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउड र बलिउडका स्टारहरुविरुद्ध बयान दिँदै आएकी छन् ।
कंगनाले नेपोटिज्म, बलिउड माफिया र क्याम्प कल्चरविरुद्ध मोर्चा नै खोलेकी छन् । अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा पो र्नो ग्राफी केसमा पक्राउ परेपछि कंगनाले बलिउडलाई फोहोरी भएको बताएकी छन् ।
राज कुन्द्रा पक्राउ परेको खबरलाई स्क्रीनसट शेयर गर्दै लेख्छिन्, यही कारण म फिल्म उद्योगलाई फोहोरी भन्छु । हरेक चम्किने वस्तुहरु सुन हुँदैनन् । मेरो आगामी फिल्म “टिकु वेड्स शे” रहेको छ जसको माध्यमबाट बलिउडका बाहिर नआएका विभिन्न कुराहरु पर्दाफास गर्नेछु ।