बलिउड अभिनेत्री शिल्पा सेट्टी उनको श्रीमानसँगै पो नो ग्राफी भिडियो बनाउन संलग्न रहेकी छिन् त भन्ने प्रश्न बलिउडमा व्याप्तरुपमा रही आएको छ । उक्त्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेकै छ । पो र्न जन्य भिडिओ बनाएको आरोपमा प्रहरी हिरासतमा रहेका उनका श्रीमान राज निस्कने कुरै छैन ।
अदालतले समय थप गरिरहेको छ । सोमबार नै पक्राउ परेका राजको बिरुद्धमा प्रहरीले धेरै सबुतहरु फेला पारेको बताइरहेको छ ।
शुक्रबार मात्र शिल्पाको घरमा छापा मारेको प्रहरीले शिल्पाको बयान पनि लिएको बताइएको छ । बयानमा शिल्पाले राजलाई फसाउन खोजेको बताएकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुशार शिल्पाले आफ्नो निर्दोष श्रीमानलाई फसाउन धेरै व्यक्त्तिहरु लागेको र उनीहरुलाई आफुले नछाड्ने बताएकी हुन् । पो र्न कन्टेन्ट र राजले बनाउने गरेको कन्टेन्ट फरक हो ।उस्ले त्यस्तो कन्टेन्ट बनाउँछ भनेर सोच्नु पनि मेरो कल्पना भन्दा बाहिरको कुरा हो ।
आफ्नै फ्लप सालीलाई फिल्म खेलाउने योजनामा थिए राज !
पो र्न फिल्म बनाउने र र एप्समार्फत् बाँड्ने गरेको अभियोगमा मुम्बई प्रहरीले राज कुन्द्रालाई सोमबार देखि नै हिरासतमा लिएको छ । राज कुन्द्रामाथि प्रहरीले अनुसन्धान चलाइरहँदा उनका बारेमा थुप्रै खुलासाहरु भइरहेका छन् ।
पो र्न फिल्ममा काम गरिरहेका केहीले राज कुन्द्राले ब्ल्याकमेल गरेको आरोप लगाइरहेका छन् त केहीले हिरोइन बनाइदिने आश्वासन दिएर पो र्न फिल्म खेल्न बाध्य पारेको आरोप लगाइरहेका छन् ।
तर, यस्तै पो र्न र्याकेट चलाएको आरोपमा प्रहरी खोरमा पुगेकी अभिनेत्री गहना वासिष्ठले भने राज कुन्द्राले आफ्नै साली समिता सेठ्ठीलाई लिएर फिल्म बनाउन लागेको र यो फिल्मसँगै नयाँ एप लन्च गर्ने तयारी गरेको बताएकी छिन् ।
तर, उनले राज कुन्द्राले बनाउन लागेको फिल्म पो र्न नै हो कि अर्को फिल्म हो त्यो भने खुलाएकी छैनन् । ‘म समातिनु अघि राजको अफिसमा गएको थिएँ । त्यहाँ उनले बलिफ्लेम नामको एप लन्च गर्ने र यसका लागि फिचर फिल्मसँगै रियालिटी सोको पनि निर्माण गर्ने कुरा भएको थियो,’ उनले भारतीय सञ्चारमाध्यम पिंकभिल्लासँगको कुराकानीमा भनेकी छिन्, ‘ एउटा फिल्ममा चैं समितालाई खेलाउने कुरा भएको थियो र समिताले पनि सहमति दिएकी थिइन् ।’
राजकुन्द्रालाई अदालतको झड्का : अझै प्रहरी हिरासतमा रहने
अश्लिल फिल्म निर्माणको आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रा थप चार दिन प्रहरी हिरासतमा रहने भएका छन् ।
राज कुन्द्राको पुलिस हिरासत समय आज शुक्रबार अर्थात २३ जुलाईसम्म रहेको थियो । पुलिसले सोधपुछका लागि अदालतमा अझै ७ दिन समय मागेको थियो । जसमा अदालतले २७ जुलाईसम्म बढाएको छ ।
कुर्नुका साथसाथै उनीसँगै हिरासतमा रहेका अर्का एक व्यक्ति रायन थार्पको पनि हिरासत समय बढाइएको छ । राजले अश्लिल फिल्मबाट कमाएको पैसा अनलाई प्रयोजनमा लागि प्रयोग गर्ने गरेको मुम्बई पुलिसले अनुमान गरेको छ ।
त्यसैले राजकुन्द्राको यस बैंकको खाता र युनाइटेड बैंक अफ अफ्रिकाको खाता बीचको लेनदेन छानबिन गरिनुपर्छ । क्राइम ब्रान्चको टोलीले राजलाई फेरि हिरासतमा राख्नेछ ।
श्रीमानलाई अदालतमा पेस गरेपछि शिल्पाले भनिन् , ‘म बाँचेकै छु ’
भारतीय अभिनेत्री शिल्पा सेठ्ठीले श्रीमान् पक्राउ परेपछि लामो स्ट्याटस लेखेकी छिन् ।
श्रीमान् पक्राउपछि सामाजिक सञ्जालबाट टाढिएकी शिल्पाको इन्स्ट्राग्राममा लामो स्ट्याटस आएको हो ।
अश्लील फिल्म बनाएको आरोपमा श्रीमान् राज कुन्द्रा पक्राउ परेपछि सेठ्ठीको सामाजिक सञ्जालमा पहिलो पोस्ट आएको हो ।
व्यापारी राज कुन्द्रालाई प्रहरीले अश्लील फिल्म बनाउने र एपमा रिलिज गरेको आरोपमा पक्राउ गरेको थियो। अदालतले उनलाई जुलाई २३ सम्म पुलिस कस्टडीमा राख्न आदेश दिएको छ । राजको अदालतमा आज पेशी हुनेछ।
शिल्पाले एक पुस्तकमा लेखिएको जेम्स थर्वरकोको भनाइलाई फोकस गरेर सेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘रिसमा पछाडि तथा डरमा अगाडि नहेर्नु तर जागरूकतामा भने चारैतिर हेर्नुपर्दछ ।
हामी रिसमा उनीहरूलाई पछाडि फर्केर हेर्छौ, जसले हामीलाई चोट दिएको छ, जो निराहा हामीले महसुस गर्थ्यौ र जो दुर्भाग्य हामीले सह्यौँ ।’
शिल्पाले आफ्नै सबै सुटिङ स्थगित गरेकी छिन् ।