अश्लिल फिल्म निर्माणको आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रा थप चार दिन प्रहरी हिरासतमा रहने भएका छन् ।
राज कुन्द्राको पुलिस हिरासत समय आज शुक्रबार अर्थात २३ जुलाईसम्म रहेको थियो । पुलिसले सोधपुछका लागि अदालतमा अझै ७ दिन समय मागेको थियो । जसमा अदालतले २७ जुलाईसम्म बढाएको छ ।
कुर्नुका साथसाथै उनीसँगै हिरासतमा रहेका अर्का एक व्यक्ति रायन थार्पको पनि हिरासत समय बढाइएको छ । राजले अश्लिल फिल्मबाट कमाएको पैसा अनलाई प्रयोजनमा लागि प्रयोग गर्ने गरेको मुम्बई पुलिसले अनुमान गरेको छ ।
त्यसैले राजकुन्द्राको यस बैंकको खाता र युनाइटेड बैंक अफ अफ्रिकाको खाता बीचको लेनदेन छानबिन गरिनुपर्छ । क्राइम ब्रान्चको टोलीले राजलाई फेरि हिरासतमा राख्नेछ ।
श्रीमानलाई अदालतमा पेस गरेपछि शिल्पाले भनिन् , ‘म बाँचेकै छु ’
भारतीय अभिनेत्री शिल्पा सेठ्ठीले श्रीमान् पक्राउ परेपछि लामो स्ट्याटस लेखेकी छिन् ।
श्रीमान् पक्राउपछि सामाजिक सञ्जालबाट टाढिएकी शिल्पाको इन्स्ट्राग्राममा लामो स्ट्याटस आएको हो ।
अश्लील फिल्म बनाएको आरोपमा श्रीमान् राज कुन्द्रा पक्राउ परेपछि सेठ्ठीको सामाजिक सञ्जालमा पहिलो पोस्ट आएको हो ।
व्यापारी राज कुन्द्रालाई प्रहरीले अश्लील फिल्म बनाउने र एपमा रिलिज गरेको आरोपमा पक्राउ गरेको थियो। अदालतले उनलाई जुलाई २३ सम्म पुलिस कस्टडीमा राख्न आदेश दिएको छ । राजको अदालतमा आज पेशी हुनेछ।
शिल्पाले एक पुस्तकमा लेखिएको जेम्स थर्वरकोको भनाइलाई फोकस गरेर सेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘रिसमा पछाडि तथा डरमा अगाडि नहेर्नु तर जागरूकतामा भने चारैतिर हेर्नुपर्दछ ।
हामी रिसमा उनीहरूलाई पछाडि फर्केर हेर्छौ, जसले हामीलाई चोट दिएको छ, जो निराहा हामीले महसुस गर्थ्यौ र जो दुर्भाग्य हामीले सह्यौँ ।’
शिल्पाले आफ्नै सबै सुटिङ स्थगित गरेकी छिन् ।