काठमाडौँको माइतीघर मण्डलामा सबै प्रकारका हिंसाविरुद्ध विरोध सभा गरिएको छ । आन्दोलन समूहले आयोजना गरेको उक्त विरोध सभा माइतीघरबाट सुरु भएको थियो ।
जनअधिकार आन्दोलनले महिला हिंसाविरुद्ध, जात तन्त्रको विरोधमा, पर्यावरण विनाशबारे, किसानका समस्याबारे, विधिको शासन खोज्न र मजदुरका पीडा बुझ्न प्रतिरोध गरिएको विरोध सभाको नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत थियो ।
विरोध सभामा सहभागीहरूले ‘महिला हिंसा विरुद्ध लडेका, अब जात तन्त्र विरुद्ध लडौँ’, ‘थोत्रा स्थिति फालौँ नयाँ, नयाँ स्थिति थालौँ’, ‘युवाहरू उठ, यो स्थितिबाट जुट’ जस्ता विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । कार्यक्रम विभिन्न कवि, गायकले कविता वाचनसहित गीत प्रस्तुत गरेका थिए।
तस्बिरहरू