कैलाली । कैलालीमा छाडा पशु चौपायासँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। जिल्लाको लम्किचुहा नगरपालिका ६ गुलरास्थित पूर्व पशिचम राजमार्गमा से३प ५९५४ नम्बरको मोटरसाइकल छाडा पशु चौपायासँग ठोक्किएको प्रहरीले बताएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चाल जोशीपुर गाउँपालिका २ का २६ वर्षीय पदम चौधरीलाई उपचारका लागि कोहलपुर लगिएकामा शुक्रवार राति मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।मोटरसाइकल इलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिइएको छ।