सर्वोच्चको फैसालापछि दिपकराज गिरीको टिप्पणी: “४ वर्ष लगाएर कस्तो चाहिं संविधान बनाएछन् त, कठै”
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ ।
यसैबीच नेपाली सिनेमा क्षेत्रका सफल कलाकार दिपक राज गिरीले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्।
उनले अहिलेको समय देशको प्रधानमन्त्री जो कोहि बने पनि देशमा केहि सुधार नआउने टिप्पणी गरेका छन्।
यसका साथै उनले संविधान माथि पनि प्रश्न उठाएका छन्। उनले भनेका छन्,”राष्ट्रपतिय प्रधानमंत्री द्वारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने सम्भावना !!! त्यस पछि फेरी कुरो उहि …..कठै ४ बर्ष लगाएर कस्तो संबिधान बनाएछन्!!!”
त्यस्तै, हाँस्य कलाकार मनोज गजुरेजले पनि यसबारे आफ्नो धारणा राखेका छन्। गजुरेलले अदालतको निर्णयलाई अचम्मको निदेशन भनेका छन्। उनले अहिले नेपालको राजनीति टम एण्ड जेरी जस्तो भएको समेत बताएका छन्।