कैलाली । कञ्चनपुरका एक युवकको भारतमा सडक दुर्घटनाबाट मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–४ का श्री भक्त जोशीका छोरा ३४ वर्षीय केशवराज जोशीको मृत्यु भएको बताइएको छ ।
लामो समय देखि भारतको जम्मुलाई आफ्नो कर्मथलो बनाउँदै आएका मोतीपुर निवासी केशव राज जोशीको सडक दुर्घटनामा परी मृत्यु भएको बेलौरी घर भई घटनापश्चात् जम्मु जानु भएका राम प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार, जम्मू–कुंजवानी बाईपास रोडमा आइतबार दिउँसो २ बजेतिर जेके ०२ भि ६८९७ नम्बरको पानीको ट्याङ्करले ठक्कर दिएको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।