गैर आवासीय नेपाली सङ्घ एनआरएनएको आसन्न निर्वाचन २०२१–२०२३ कार्यकालको लागी कार्यसमिति सदस्यमा केराबारी ९ देबिझोडा निवासी तारानाथ बास्तोलाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
देबिझोडा सहयोग समूह,नमुना समूह, मोरङ सुनसरी सेवा समाज कतार लगायत सामाजिक संघ संस्थामा आबद्ध साथै लामो समयदेखि कतारमा बसेर व्यवाय गरिरहेका पवन नेपाली समुदायको नजिक रही नेपाली समाज र समुदायको हितको लागि काम गरेका व्यक्ति हुन ।
उनले आफ्नो अनुभवहरूलाई सँगाल्दै एनआरएनएलाई उपलब्धि मूलक बनाउने उद्देश्यले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको कार्यसमिति सदस्यमा उम्मेदवार दिएका हुन्। उनले एनआरएनए एनसिसि कतारको गरिमा र प्रतिष्ठालाई थप उचाइमा पुर्याउन केही गर्न सक्छु भन्ने आत्म विश्वासका साथ उम्मेदवारी दिएको बताए ।
आफू सदैव एनसीसी कतारको बृहत्तर हित र कतारमा रहेका नेपालीहरूको हक हितका लागी काम गरिरहेको बताउँदै कतार बासी नेपाली हरूलाई आगामी कार्यकालको लागी आफ्नो अमूल्य मत दिई कार्यसमिति सदस्यमा विजयी गराउन आग्रह गरेका छन् ।