नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज साँझ संसद् भवन नयाँ बानेश्वर अगाडि सरकार विरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध नारा लगाउँदै नेबिसंघ ले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शन गर्न निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ । उक्त समयमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल समेत भएको थियो । प्रहरीले प्रदर्शनमा आएका ७ जनालाई नियन्त्रणमा लिएको पक्राउ परेका नेविसंघका नेता मनिष सिम्खडाले केटिएम दैनिकलाई बताए ।
उनैसँगै पक्राउ पर्नेमा अञ्जन राज खतिवडा, मनिष रायमाझी, सञ्जीव ढकाल, सुवर्ण गौतम मनिष खड्का, रमित खड्का रहेका छन् ।
हेरौँ तस्बिरहरू