पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।
‘पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा आएको सामान्य समस्याको कारण आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ’, उनको सचिवालयले जानकारी दिएको छ ।
खनाललाई यसअघि संक्रमण भएको थियो। संक्रमणमुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए। उनलाई पुन: स्वास्थ्यमा समस्या देखिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।