पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहको टिकटकको एउटा भिडिओ सार्वजनिक भएको छ । रक्सी सेवन गरेर बोलेको जस्तै देखिने उक्त भिडिओमा उनले आफ्नो पिता पारस शाहको बारेमा बोलेकी छिन् ।
पूर्णिका शाहले आफ्ना पिता पारस शाहले देशको लागि ठूलो योगदान गरेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि ।’ उनले अधिकांश अंग्रेजी वाक्य बोलेकी छिन् । आफ्नो पिता निश्चल भएको बताएकी छिन् ।
आफ्नो पिताले राम्रो कुरा मात्र नदेखाउने र सबै कुरा खुलस्त देखाउने बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’
उनको उक्त टिकटक अहिले टिकटकमा खोज्दा भेटिदैन । भिडिओको क्लिक सामाजिक सञ्जालमा चर्चामा छ । हेरौं उक्त भिडिओ क्लिप
पूर्व राजाज्यूको नातिनीज्यूले देशको नाउँमा संवोधन गरीबक्सेछ फेरी। 🙂 pic.twitter.com/L4TGdamcS6
— ʎɥdɹnɯ✊ (@Jaw_Knock) June 8, 2021