दोस्रो लहरको कोरोना सङ्क्रमणसँगै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा देशका विभिन्न स्थानहरुमा मनकारीहरुले नि:शुल्क खाना वितरण गरिरहेका छन् ।
काठमाडौंमा विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुले खाना वितरण गरिरहेको भेटिन्छन् । खासगरी ज्याला मजदुरीमा काम गर्ने श्रमिकहरु लकडाउनले गर्दा दैनिक गुजारा चलाउन गाह्रो भएपछि उनीहरुलाई खाना वितरण गर्न थालिएको हो ।
आज राससका फोटो पत्रकार रत्न श्रेष्ठले वसन्तपुर डबलीमा पुगेका खाना खाइरहेका बालबालिका तथा अन्य व्यक्तिहरुको तस्विर खिचेका छन् ।
हेरौं तस्विरहरू