सन् २०१२ को फिल्म ‘विकी डोनर’बाट बलिउडमा पाइला टेकेकी हुन् अभिनेत्री यामी गौतमले । उनले बलिउडसँगै साउथ फिल्ममा पनि काम गरेकी छन् । सन् १९८८ नोभेम्बर २८ मा हिमाचल प्रदेशको विलासपुरमा जन्मिएकी हुन् यामी ।
‘फेयर एन्ड लभ्ली गर्ल’का रूपमा चर्चित बलिउडकी अभिनेत्री यामी गौतमको चर्चा चुलिएको छ । उनले केही टेलिसिरियलमा पनि काम गरेकी छिन्। टेलिभिजनको पर्दाबाट फिल्मतिर मोडिएकी हुन्।
मनोरन्जन जगतमा हालै नयाँ खबर आएको छ। उनै यामी गौतमले आदित्य धरसँग सात फेरो लिएकी हन। आदित्य धर फिल्म ‘उरी’ को निर्देशक हुन् र सोहि फिल्ममा यामीले मुख्य भूमिका निभाएकी थिइन्। अब यामी र आदित्य बिहे बन्धनमा बाँधिएका छन्। साथै यी दुईले आ-आफ्नो इन्स्टाग्राम अकाउन्टबाट विवाहको तस्विरसार्वजनिक गरेका छन्। उनीहरुको बिहेको फोटो देखेर दर्शक छक्क परेका छन् भने बलिउड कलाकारबाट बधाईको ओईरो आएको छ।
यामी र आदित्यले सामाजिक सञ्जालमा एक पोस्ट लेखेर बिहेको फोटो साझा गरेकी हुन्। यस फोटोमा यी दुई एकअर्कालाई हेरेर मुस्कुराई रहेका छन्।
यामी गौतम र आदित्यले फोटो सार्वजनिक गर्दे लेखेका छन् ,” हाम्रो परिवारको आशीर्वादले हामीले एक निजी समारोहका बीच बिहे गरेका छौँ। निजी व्यक्ति भएको कारण हामीले आफ्नो परिवारसँग यो खुशीको अवसर साझा गरेका छौँ । हामी आफ्नो प्रेम र मित्रताका साथ यस यात्रामा तपाईहरुको आशिर्वाद र माया चाहन्छौ। तपाईहरुको यामी र आदित्य’।