ये रिश्ता क्या कहलाता है’ नामको सिरियलमा नैतिक सिंघानियाको भूमिका निभाएर चर्चित भएका अभिनेता करण मेहरा धरौटीमा छुटेका छन् । उनले आफ्नै श्रीमती निशा रावललाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको थियो ।
महाराष्ट्रको गोरेगाब प्रहरी स्टशनले करणलाई पत्नीको उजुरीपछि नियन्त्रण लिएको थियो। करणले हातपात गरेपछि पत्नी निशाले प्रहरीमा उजुरी गरेकी थिइन्। पति संगको विवादपछि गोरेगांव एरियामा करणविरुद्ध उनले ऊजुरी दर्ता गरेकी थिईन् ।
केही समय अघि उनीहरु दुबै बीच बैबाहिक जिवनमा खटपट रहेको समाचार आएको थियो । तर यस बिषयलाई निशा आफैले कडा बिरोध गरेकी थिईन् । फेरि एक्कासी आफ्नै श्रीमान् बिरुद्ध मुद्धा दायर गर्नुले बैबाहिक जिवनमा बेमेल सिर्जना भएको भन्ने पुष्टि भएको छ । निशा र करण सन् २०१२ मा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका एक छोरा पनि छन् ।