थाइल्याण्डका राजपरिवारबाट कोरोना महामारीका बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग गरेको छ । थाइल्याण्डका राजापरिवारको व्यक्तिगत रुपमा सहयोगस्वरुप एक जहाज सामग्री नेपाललाई पठाएका हुन् ।
थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पिपिई गाउन ११ हजार ५२० थान, पिपिई लेग कभर १० हजार जोडी, पिपिई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान नेपाल सरकारलाई सहयोगस्वरुप पठाएका हुन् ।
थाइ राजपरिवारको स्वास्थ्य सहयोग राजपरिवारकै खर्चमा जहाजमार्फत काठमाडौँ आइपुगेको छ । सहयोगका लागि नेपालका राष्ट्रपतिबाट थाइ नरेशलाई सहयोगका लागि पत्राचार गरिएको थियो । उक्त पत्र प्राप्त भएपछि थाइ नरेशले खुशीसाथ नेपाललाई सहयोग गरेका हुन् ।
नेपाललाई सहयोग आएको स्वास्थ्य सामग्रीहरुमा १० लाख थान सर्जिकल मास्क, व्यक्तिगत सुरक्षा साधन (पीपीई) गाउन ११ हजार ५२० थान, पीपीईको लेग कभर १० हजार जोर, पीपीई सर्जिकल क्याप १० हजार थान, फेसशिल्ड पाँच हजार, र्यापिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान लगायत छन् ।