नेपालमा आयोजना भएको पहिलो फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि जितेसँगै काठमाडौं रेजर्सले ३५ लाख पाएको छ ।
शनिबार साँझ दशरथ रंगशालामा धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।
खेलको २१औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाएका हुन् । उनको त्यही गोलले नै काठमाडौंले उपाधि जित्न सफल भएको छ ।
प्रतियोगितामा सर्बाधिक गोलकर्ताको सूचीमा काठमाडौं रेजर्सका मेसोके ओलोमोउ सर्वाधिक ८ गोलसहित सर्वाधिक गोलकर्ताको भएका छन् ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा दुवै टिमले शुरूआतदेखि नै एक–अर्कालाई दबाबमा राखेका थिए। काठमाडौंका लागि २१औं मिनेटमा विकास श्रेष्ठले दिएको पासमा ओलोमोयुले गोल गर्दै अग्रता दिलाएका थिए।
शुरूआती अग्रता लिए पनि काठमाडौंमाथि धनगढीले दबाब बनाइरह्यो। खेलको दोस्रो हाफमा धनगढीले थुप्रै पटक प्रयास गरे पनि गोलमा परिणत गर्न सकेन।
तस्विरहरू