लिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानको फोटो सार्वजनिक गरेकी छन्। आमाको मुख हेर्ने दिनको अवसरमा करिनाले इन्स्टाग्राममार्फत पहिलो पटक दोस्रो सन्तानको फोटो सार्वजनिक गरेकी हुन्।
करिनाले यो फोटो ब्ल्याक एन्ड ह्वाइटमा सेयर गरेकी छन्। फोटोमा उनको जेठो छोरा तैमुर अलि खानको काँखमा बच्चा सुतिरहेको छ। तर बच्चाको हातले छोपेको हुनाँले बच्चाको अनुहार भने प्रस्ट देखिन्दैन ।
फोटोसँग करिनाले क्याप्सनमा लेखेकी छन्, ‘मेरो दुई सन्तानको साथमा मेरो हरेक आकांक्ष पुरा भएको छ, भोलीको दिनको लागि सहारा हुन् यी दुई ।’
करिनाले गत फेबुअरी २१ गते दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन्। करिना र सैफ अलि खानको विवाह सन् २०१२ मा भएको हो। यसअघि सन् २०१६ मा उनीहरूले छोरा तैमुर अलि खानलाई जन्म दिएका थिए।
करिना र सैफले अहिलेसम्म दोस्रो बच्चाको नाम भने खुलाएका छैनन्। उनीहरूले बच्चाको गोपनियताको पूरा ख्याल राख्ने समेत बताएका थिए।
दोस्रो सन्तानलाई जन्म दिनु अघि करिना र सैफ नयाँ अपार्टमेन्टमा सरेका थिए।