नेपाली कांग्रेस नेता मुक्ता उपाध्याय ( कोइराला) को निधन भएको छ । कांग्रेका केन्द्रिय सदस्य दिल बहादर घर्तीको धर्म पत्नी तथा कांग्रेस नेता डा. शेखर कोइरालको बहिनी मुक्ताको आज निधन भएको हो ।
उनको निधनमा कांग्रेस नेता डा. शेखर कोइरालाले सामाजिक संजाल मार्फत दु:ख व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
मुक्ता पिताजी कृष्ण प्रसाद कोइरालाको दोस्रो श्रीमती मोहन कुमारी कोइरालाको छोरी नलिनी उपाध्यायकी छोरी हुन् ।
विगत लामो समयदेखि अस्वस्थ रहेकी थिइन् ।
उनको पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको एक छोरा र एक छोरी छन् ।