भारतमा कोरोना सङक्रमण तिब्र गतिमा फैलिरहेको छ । सङक्रमित हुने र ज्यान गुमाउनेहरुको सङख्या दिनानुदिन बढिरहेको हुनाँले कलाकारहरु पनि गुप्तबास बसिरहेका छन् ।
बलिउडका केही कलाकारहरु सहयोग गर्नमा व्यस्त छन् भने केही छुट्टी मनाउन माल्दिभ्स पुगेका छन् । बलिउडमा चर्चा कमाउन सफल भएकी नेहा कक्कड र उनका श्रीमान भने फ्यानहरुको मन भुलाउनको लागि बिभिन्न पोष्टहरु गरिरहेका छन् ।
उनीहरुले फ्यानहरुको मन बहलाउन र कोरोना भाइरसको डरले मानसिक रुपमा बिचलित नहुन् भनेर फन्नी पोष्ट गरिरहेका हुन्छन् । उनीहरुको कतिपय भिडियोमा मज्जाक गरिएको हुन्छ । यसपटक दुई जनाको एउटा फन्नि भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ । यो भिडियोमा रोहनप्रितको टाउको दुखेको हुन्छ ।
जस्को बारेमा रोहनप्रितले नेहालाई यहि कुरा बताईरहेका हुन्छन् तर नेहाको रिप्लाई सुनेर उनी मज्जाले हाँस्छन् । आखिर नेहाले के रिप्लाई दिईन होला त ?भिडियोमा उनले भनेका छन् । मेरो टाउको एकदम दुःखी रहेको छ । नेहाले सोध्छिन कहाँ दुखेको छ रु यही जवाफ सुनेर रोहनप्रित हास्न थाल्छन् । यो एउटा फन्नि भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेको हो ।