नेपालमा धेरै परिवर्तन भए राणाकालिन समाज, प्रजातान्त्रिक व्यवस्था, पन्चायत अनि संसदीय व्यवस्था हुँदै आज लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो तर महिला माथि हुने हिंसा अझै रोकिएको छैन ।
सामान्य भाषामा महिला हिंसा भनेको एक महिला भएकै कारण महिलाले सहनु पर्ने विभिन्न अत्याचार , पिडा भन्ने बुझिन्छ । महिला हिंसा खास गरी शारीरिक हिंसा र मानसिक हिंसा हुने गर्दछ । महिला हिंसा जस्तै बलात्कार, घरेलु हिंसा, हत्या (कुटपिट), बोक्सीको आरोप, दाइजो प्रथा, बहुविवाह, बालविवाह लगायत विभिन्न कारणको निहुँमा हेप्नु, जिस्काउनु, कुटपिट गर्नु जस्ता अमानवीय कार्य शारीरिक हिंसा हुन भने महिलालाई अपमान गर्ने,गाली बेइज्जती मानसिक तथा शारीरिक यातना देखि महिला लाई अपहेलन महसुस गराई मस्तिष्कमा असर परिरहेको हिंसा लाई मानसिक महिला हिंसाको रूपमा लिन सकिन्छ।
निर्मला पन्थको बलात्कार पछिको हत्या, मुस्कान खातुन माथिको तेजाब आक्रमण, भागीरथी भट्टको बलात्कार पछि हत्या जस्ता विभिन्न घटनाले नै ठम्याउन सकिन्छ कि नेपालमा महिला हिंसा कति बढी रहेको छ भनेर । कहिले दाइजो नल्याएको निहुँमा त कहिले छोरा नपाएको निहुँमा, कहिले बढी बोलेको निहुँमा भन्दै महिलाहरूले बिना कारण पिडा मात्र हैन ज्यान गुमाउनु परिरहेको छ । बलात्कारको सङ्ख्या त यति बढी छ भने महिला हिंसा कति हुन्छ होला त्यो आफै सम्झिनुस् ।
हामी छोटो लुगा लगाएर बलात्कार भएको भनेर सुन्नु पर्छ तर यहाँ ३ महिने बालिका को पनि बलात्कार भैरहेको छ किन ? हाम्रो नेपाली समाजमा पहाड देखी तराई सम्म, उच्चस्तरीय देखी सुकुम्वासी झुपडी सम्म र राजनेता देखी मतदाता सम्म महिला हिंसा नभएको ठाउँ छैन किन?। यसको पहिलो कारण गरिबी, अशिक्षित र जनचेतनाको कमिका कारणले हो त । हो भने किन पुरा नगरेको हो ? नेपाल सरकारले जबाफ चाहियो ?
अहिले पनि मानिसमा जनचेतनाको कमि रहिरहेको छ । अहिले पनि छोरा र छोरीमा भेदभाव भइरहेको छ । छोरी भनेको बिहे गरेर अरूको घर जाने जात हो। छोरी ले नै हरेक पिडा सहेर बस्नु पर्छ भन्ने जस्ता विभिन्न कुसंस्कार, अन्धविश्वास फैलाउँदै र सुन्दै आएका छौँ । जसले गर्दा हामी महिलालाई अगाडि बढ्न रोकी रहेको छ । अब हामी एकचोटी हाम्रो बिगतमा जाऊ, जब एउटा महिलाको मृत्यु हुन्थ्यो भने पुरुषले अर्को बिबाह गर्थ्यो ।
पुरुषको मृत्यु हुँदा महिलालाई जिउँदै जलायर मारिन्थ्यो, त्यस्लाई एउटा संस्कृतिको नाम दिएता पनि त्यो संस्कृतिको नाममा विकृति भइरहेको थियो। समय अनुसार त्यो सती प्रथाको अन्त्य भयो तर महिला हिंसा अन्त्य भएको छैन । हाम्रो संविधान र कानुनका ठेलिका पाना पानामा कारिएका काला अक्षरले मात्र महिला हिंसा रोकिँदैन । ऐनमा त महिला अधिकार, महिला स्वतन्त्रको बारेमा धेरै लेखेको छ तर लेखिएर कागजका पानामा मात्र सीमित भएर हुँदैन ।
महिला हिंसा कम गर्न महिला आफै पनि अगाडि बढ्नु पर्छ । पिडा सहेर बस्नु हुँदैन किनभने पिडा दिने भन्दा पिडा सहने झन् गुनेगार हुन्छ । आफ्नो स्वतन्त्रताको उचित प्रयोग गर्न पर्छ । आफु कसैमा निर्भर हुनु हुँदैन । बाटोमा हिँड्दा कसैले नराम्रो नजरले हेरेको छ भने कहिले पनि इग्नोर गर्नु हुन्न उति बेला नै बोल्नु पर्दछ, आफूले आफैलाई कमजोर कहिले पनि सोच्नु हुँदैन । अनि अहिले विभिन्न संस्थाहरुले पनि महिला हिंसा विरुद्ध आवाज उठाइ रहेको छ । महिला लाई अगाडि बढ्न सहयोग गरिरहेको छ । जसले गर्दा केही हद सम्म भए पनि महिला हिंसा कम हुन सक्छ ।
तर गाउँ घरमा गएर त्यहाँ जनचेतना फैलाइउने, पढे लेखेको व्यक्त्तिले समान्ताको बारेमा बुझाउने, अहिले महिलाले पनि धेरै काम गर्न सक्छन्, देशको राष्ट्रपति समेत एक महिला हुनसक्छ भने महिला कमजोर हुनै सक्दैन। “एक पुरुष शिक्षित भयो भने केवल उ मात्र हुन्छ तर एक महिला शिक्षित भई भने आफू त शिक्षित हुन्छे नै आफू लगायत आफ्नो घर परिवारलाई समेत शिक्षित बनाउँछिन् ।
विडम्बना भन्नुपर्छ छोरी पराई घर जाने जात त हो भनी पढाउन बाट वञ्चित गरिन्छ। हामीलाई कानुनले त स्वतन्त्रता दिएको छ तर समाजको अन्धविश्वासले अझै दिएको छैन त्यसैले महिला आफै अघि बढ्नुपर्छ र आफ्नो अधिकारको लागी आफै बोल्नुपर्छ । पिडा सहेर कदापि नबसौँ । “महिला हिंसा अहिलेको समाजको जटिल समस्या हो ।
समाजका कुरितीहरु परिवर्तन गर्नु पर्छ । आजसम्मको जनचेतना कार्यक्रम बजेट सिद्ध्याउने काम मात्र भएको भन्दै अध्ययन प्रतिष्ठान मार्फत समाजमा भएका विभिन्न विकृति , विसङ्गति र परम्परागत देखि चल्दै आएका अन्धविश्वास लाई अन्त्य गर्ने एउटै उपाय हो आत्मविश्वास जगाई आर्थिक रूपमा आत्मनिर्भर बनाई हरेक हिंसा अन्त्य गर्न जनचेतनाको विकास गर्नुपर्छ अनि देशैभरका सचेत युवा विद्यार्थी एकजुट भएका छन् ।
जनचेतना र आर्थिक आत्मनिर्भर मार्फत कुनैपिन महिला हिंसा हुन बाट रोक्ने उदेश्य रहेको छ । भने दैनिक व्यवहार मा अनुशासनको पालना गरी इमानदारी, क्षमता वान नागरिक बनाउनको लागी सत्तामा बसेर भत्ता खानेहरू जो छन् उनीहरूले महिला हिंसा अन्त्य गर्ने मनै देखी इच्छाशक्ति आउने हो भने केही वर्ष हैन मैना दिन भित्र यसको अन्त्य भएको दिन हुने छ । भनिन्छ समाधान नहुने कुनै पनि समस्या नै हुँदैनन् भनेजस्तै महिला हिंसाको समस्या समाधान गर्न सत्तामा जाने ब्यक्त्तिको नियतिमा भर पर्नेछ ।