कैलालीमा सोमवार थप १ सय २३ जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १२३ जनामा संक्रमण पुष्टि भएको हो । सबै भन्दा धेरै धनगढीमा संक्रमित देखिएका छन् ।
धनगढीमा मात्रै ५४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले केटिएम दैनिकलाई बताए ।
अन्य जिल्लाका ५ जना संक्रमित थपिएका छन् । ४४८ जनाको परीक्षण गर्दा १२३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ३ जनालाई भेन्टिलेटर १४ जनालाई आइसीयु राखिएको छ । ३३ जनालाई अक्सिजन दिइएको छ । ५ जनाको अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको जनाइएको छ ।