कोरोना भाइरस सङ्क्रमणका कारण सोमबार धरानको कोभिड अस्पतालमा एक वृद्धाको मृत्यु भएको छ । झापाको दमक–२ घर भएकी ६५ वर्षीया वृद्धाको आज बिहान धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी एक सातादेखि त्यहाँ उपचाररत थिइन् । कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको मृत्यु भएको थियो । दमकमा आज बिहानसम्ममा नयाँ भेरियन्टका ७० सङ्क्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले केटिएम दैनिलाई बताए ।